सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

3 दिन पहिले प्रकाशित

 

डी एस मण्डल 

जनकपुरधाम

 

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सम्मान कार्यक्रम होटल मिथिला बैंकटमा सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजीव कुमार साह ‘चन्दन’सहित पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

संघको साधारणसभाबाट वरिष्ठ सदस्य, पूर्वपदाधिकारी तथा निर्वाचन समितिसहितको १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो। सोही कार्यसमितिलाई निवर्तमान समितिले पद हस्तान्तरण गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सञ्जय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह र कोषाध्यक्षमा शत्रोहन साह चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, सञ्जय ठाकुर र अंकित साह रहेका छन्।

पद हस्तान्तरण तथा शपथ ग्रहण समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा संघका केन्द्रीय महासचिव नीरबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै संघको संस्थागत सुदृढीकरण, व्यवसायीको हकहित तथा सुनचाँदी व्यवसायको व्यवस्थित विकासका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..