दुई बुँदे माग राख्दै हरवा–चरवाको अनिश्चितकालीन धर्ना,प्रदेश सरकारको बेवास्ता प्रति असन्तुष्टि

1 घन्टा पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,भदौ १५ गते 

 

मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल सम्बोधन गर्न दबाब दिँदै जनकपुरस्थित प्रदेश भवनको दक्षिणतर्फ अनिश्चितकालीन धर्ना जारी राखेका छन्। हरवा–चरवा सङ्घर्ष समिति र आन्दोलन परिचालन समितिको नेतृत्वमा भइरहेको आन्दोलनमा मधेश प्रदेशभरिका वास्तविक हरवा–चरवा समुदायको तथ्याङ्क तथा लागत सङ्कलन गरी पहिचान भएका परिवारको उचित पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ।

 

सङ्घर्ष समितिका अध्यक्ष श्रीप्रसाद मुसहर र आन्दोलन परिचालन समितिका संयोजक दशन खंगका अनुसार गत श्रावण २९ गते भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्याम प्रसाद पटेललाई १० दिने अल्टिमेटमसहित दुई बुँदे ज्ञापनपत्र बुझाइएको थियो।

भदौ ८ गते अल्टिमेटम सकिँदासमेत प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयबाट संवाद र समन्वयको पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संयोजक खंगले बताए। नेपालको संविधान, मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै हरवा–चरवा समुदायको समस्या समाधान, पहिचान र पुनर्स्थापनाको परिकल्पना गरिएको अवस्थामा सरकारले उनीहरूको मागलाई नजरअन्दाज गर्नु उचित नभएको आन्दोलनकारीहरूको भनाइ छ। ज्ञापनपत्रको बेवास्ता पछि भदौ ९ गते मधेशका आठै जिल्लाबाट हजारौँको सङ्ख्यामा जनकपुर आएका हरवा–चरवाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि नाराबाजीसहित घेराउ गरेका थिए। भदौ १० गतेदेखि प्रदेश भवनको दक्षिणतर्फ निरन्तर धर्ना दिँदै आएका आन्दोलनकारीले प्रदेश सरकारले अविलम्ब माग सम्बोधन नगरे हजारौँ बाट लाखौँको सङ्ख्यामा हरवा–चरवा समुदायलाई जनकपुर उतारेर मुख्यमन्त्री कार्यालय र प्रदेश भवन पूर्ण रूपमा घेराउ गर्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय अवाज  जनकपुरधाम, भदौ १५ गते   रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..