भोटेकोशी बाढीपीडितका लागि धनौजीको २२ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग

1 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम भदाै १५ गते 

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषाको धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

 

गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। त्यस्तै, गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट रकम कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँ पालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरिएको छ।

गाउँपालिकाले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राज्यका निकाय, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

धनौजी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले विपद्का बेला गरिने सहयोग आर्थिक योगदानमा मात्र सीमित नरही पीडित प्रतिको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको प्रतीक समेत भएको बताए।

धनौजी गाउँ पालिकाको निर्णयले विपद्मा परेका नागरिकप्रति स्थानीय तहले देखाएको मानवीय संवेदना र सहकार्यको भावना प्रतिबिम्बित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..