सरकारका नीति र योजनामा दलित महिलाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

24 दिन पहिले प्रकाशित

 

सरोज मल्लिक 

जनकपुरधाम, असोज २ गते 

सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ समेटिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

जनकपुरधाम स्थित मसाला कटेलमा आज दलित महिला संघ (फेडो) को आयोजनामा ‘सरकारको योजना, कानुन र नीतिमा दलित महिलाका सवाल विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।

 

कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। 

कार्यक्रमको अध्यक्षता गीता देवी दासले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री दासले दलित महिलाले भोग्दै आएका सामाजिक, आर्थिक तथा अवसर सम्बन्धी समस्याको सम्बोधनका लागि राज्यका नीति, योजना र कार्यक्रम थप समावेशी हुनुपर्ने धारणा राख्नुभयो। दलित महिलाको सहभागिता र पहुँच बढाउन सरकार, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

अन्तरक्रियामा दलित महिलाका सवाललाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा छलफल गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..