बाराको पहलवानी माँ शक्तिश्वरि मन्दिरका लागि १ करोड २५ लाख बजेट विनियोज

1 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

राष्ट्रिय आवाज | कार्तिक ८ गते 

बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्री पहलवानी माँ शक्तिश्वरि मन्दिरको पूर्वाधार विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

 

मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा मन्दिर परिसरमा आयोजित कार्यक्रममा उक्त बजेट विनियोजन बारे जानकारी दिइएको हो। मन्दिरको विकासका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, बारा इन्चार्ज तथा राष्ट्रिय सभाका पूर्वसदस्य रमेश प्रसाद यादवले पहल गरेको बताइएको छ।

 

कार्यक्रममा नेकपाका नेता ध्रुव यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मन्दिरको पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो।

 

विनियोजित बजेटबाट मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकाससँगै मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकलाई थप सहजता हुने र स्थानीय क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना विस्तार हुने विश्वास गरिएको छ।

 

स्थानीय धार्मिक आस्था, संस्कृति र परम्परासँग जोडिएको श्री पहलवानी माँ शक्तिश्वरि मन्दिरको विकासका लागि बजेट विनियोजन हुनुलाई यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षण र पर्यटन प्रवर्द्धनतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..