आर्थिक अवस्थाले छठको उमंग नछेकियोस्,सिङ्गर महतोले निजि खर्चमा १०० बढी परिवारलाई बाँडे सहयोग

16 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

 जनकपुरधाम,कार्तिक २४ गते 

छठ पर्वको खुसी हरेक घरपरिवार सम्म पुगोस् र आर्थिक अभावका कारण कसैले पनि पर्व मनाउन बाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ समाजसेवी तथा गायक रमेश महतो सिंगरले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। उनले आफ्नै निजी खर्चमा १०० भन्दा बढी विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई छठ पूजाका सामग्री वितरण गरेका हुन्।

 

जनकपुरधाम उपमहानगरपालिका–१४ मा आयोजित कार्यक्रममा महतोले जरूरतमन्द परिवारलाई साडी, साया, ब्लाउज तथा छठ पूजाका लागि प्रतिपरिवार पाँच किलो गहुँ उपलब्ध गराएका थिए।

 

छठ केवल धार्मिक अनुष्ठान मात्र नभई आपसी प्रेम, एकता, समानता र सामाजिक सद्भावको पर्वसमेत भएकाले यसको खुसी सबैले समान रूपमा अनुभूति गर्न पाउनुपर्ने महतोले बताए। आर्थिक कठिनाइमा रहेका परिवारको पर्व मनाउने चाहनालाई सानो भए पनि सहयोग पुग्ने विश्वासका साथ आफूले व्यक्तिगत रूपमा यो पहल गरेको उनको भनाइ थियो।

 

महतोले समाजप्रतिको जिम्मेवारी पूरा गर्न ठूलो पद वा स्रोतसाधन नै आवश्यक नपर्ने उल्लेख गर्दै आफ्नो सामर्थ्य अनुसार दुःखमा परेका र सहयोगको अपेक्षा गरेका व्यक्तिहरूको साथ दिनुपर्ने धारणा राखे।

 

उनको यस पहलले छठ पर्वको तयारीमा जुटेका विपन्न परिवारलाई प्रत्यक्ष राहत पुगेको छ। स्थानीयवासीले समेत व्यक्तिगत खर्चमा गरिएको सहयोगको प्रशंसा गर्दै यसले समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

 

वडा नं. १४ का अध्यक्ष पुण्य प्रताप यादवको प्रमुख आतिथ्यमा सम्पन्न सामग्री वितरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. १४ का सभापति सनातन यादव, ठाडी युवा क्लबका सल्लाहकार विशेश्वर यादव, राजदेव यादव, स्थानीय समाजसेवी लक्ष्मी राय, भाग चरण यादव, लिलाधर यादव, अशोक राय, राकेश यादव, चन्दन गुप्तालगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

 

धार्मिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै महतोले गरेको यो प्रयासले चाडपर्वको वास्तविक खुसी बाँड्नुमा रहेको सन्देश दिएको छ। आर्थिक अवस्था कमजोर भए पनि हरेक नागरिकले सम्मान र आत्मीयताका साथ पर्व मनाउन पाउनुपर्छ भन्ने उनको पहलको मूल भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..