मिस वेलनेस वर्ल्ड विजेता सान्वी मण्डल लाई भारतका सांसद रामप्रीत द्वारा सम्मान

14 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुर धाम,कार्तिक २६ गते 

भारतको झन्झारपुर लोकसभा क्षेत्रका सांसद एवं जनता दल (युनाइटेड) का नेता रामप्रीत मण्डलले ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता सान्वी मण्डललाई आज सम्मान गरेका छन्।

 

दिल्ली बाट जनकपुरधाम आएका सांसद मण्डलले सान्वीको अन्तर्राष्ट्रिय उपलब्धिको कदर गर्दै उनलाई सम्मान गरेका हुन्। सम्मानका क्रममा उनले सान्वीको सफलताले नेपाल, मधेश र मिथिलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पुर्‍याएको बताए।

 

उनले सान्वी लाई आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना दिँदै दिल्ली वा पटना आउने क्रममा आफू र आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे। साथै, भारत सरकारको तर्फबाट समेत पुरस्कार तथा प्रोत्साहनका लागि पहल गर्ने र सान्वी जस्ता प्रतिभाशाली बालिकालाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

 

थाइल्याण्डको बैंककमा आयोजित ‘मिस वेलनेस वर्ल्ड २०२६’ प्रतियोगितामा २५ भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै सान्वीले उपाधि जितेकी थिइन्। उनको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउनुका साथै मधेश र मिथिलाको प्रतिभालाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको छ।

 

सान्वीको उपलब्धिलाई सम्मान गर्दै सांसद मण्डलले प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मानले नयाँ पुस्तालाई आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरणा मिल्ने सन्देश दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..