जनकपुर धाम वडा नं. ७ द्वारा छठ व्रतालु लाई पूजा सामग्री वितरण

13 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, कार्तिक २७ गते

आस्थाको महान् पर्व छठ पूजाको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ ले आज आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका छठ व्रतालुहरू लाई पूजासामग्री वितरण गरेको छ।वडा कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा छठ पर्वमा प्रयोग हुने साडी, नरिवललगायत विभिन्न पूजासामग्री वितरण गरिएको हो।

 

वडा अध्यक्ष निरज साहले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले पूजा सामग्री वितरण गरिएको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारलाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

 

छठ पर्वमा व्रतालुहरूले श्रद्धा र निष्ठापूर्वक सूर्यदेव तथा छठी माताको पूजा आराधना गर्ने परम्परा छ। यस्तो अवस्थामा विपन्न परिवारलाई पूजासामग्री उपलब्ध गराउँदा उनीहरूलाई पर्व मनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

छठ व्रतालुलाई पूजासामग्री वितरण कार्यक्रममा वार्ड सचिव अनिता साह ,वाडा सदस्य प्रशुराम झा, हिजरत अलि , रामकली देवि,फुलकुमारी साह ,समाजसेवी बैजु साह , सन्तोष साह, मनिष साह ,कृश साह लगायतको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..