जनकपुरधामको छठ पर्वमा सहभागी हुन पाउँदा खुसी छु : रवि लामिछाने
12 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, कात्तिक २८ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्।आज जनकपुरधाममा पत्रकार सँग कुराकानी गर्दै सभापति लामिछानेले जनकपुरधामको छठ पर्व नेपालमा मात्र नभई संसार भरि चर्चित रहेको बताए।
उनले आस्था, श्रद्धा र उल्लासका साथ मनाइने प्राकृतिक उपासनाको महान् पर्व छठलाई नजिकबाट अवलोकन गर्न तथा यस पर्वको साक्षी बन्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताए।उनले भने, “आस्था र श्रद्धाका साथ उल्लासपूर्वक मनाइने यस पवित्र पर्वमा सहभागी हुन पाउनु मेरो लागि सौभाग्यको कुरा हो।”