नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
फागुन ७, तामाकोशी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी तामाकोशी गाउँपालिकाको प्रथम अधिवेसनबाट खड्काको अध्यक्षतामा ५५ जनाको कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा भिम प्रसाद शर्मा र आङछिरि शेर्पा, सचिव रमेश कार्की, उपसचिव राजकुमार के.सी. र राम बहादुर खड्का रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीले रमेश फूयालको अध्यक्षतामा युवासंघ गठन गरेको छ । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा संसद मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा पोलिटव्युरो सदस्य शिव प्रसाद भण्डारी, सदस्य चुनु के.सी., दोलखा जिल्ला कमिटि सचिव प्रोण प्रताव के.सी., युवा संघका केन्द्रिय सदस्य झपड सुनुवार, दलित मुक्ति संगठनका सचिव नन्दराज घताने, अनेम संघ दोलखाका अध्यक्ष तारा तामाङ, दलित मुक्ति संगठन दोलखा अध्यक्ष कुल बहादुर विश्वकर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादी तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका अध्यक्ष यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नेकपा समाजवादीका राजकुमार के.सीले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..