समाजवादलाई सशक्त बनाएर अघि बढ्नुपर्छ : माधव नेपाल

2 घन्टा पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, भदौ १३ गते

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुँजीवाद र समाजवाद मध्ये समाजवाद लाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

 

पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्र केन्द्रले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले नेताको बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिए।

उनले विगतका कम्युनिष्ट नेतृत्वका सरकारले कुनै काम नगरेको भन्ने भाष्य गलत भएको दाबी गरे। उनका अनुसार कम्युनिष्ट सरकारका पालामा ६२ हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुका साथै सामाजिक सुरक्षा भत्ता लागू गरिएको थियो।

त्यस्तै, विकेन्द्रीकरणको नीति अन्तर्गत ‘आफ्नो गाउँ आफैं बनाऔँ’, ‘ तथा जनता आवास जस्ता जनमुखी कार्यक्रम सञ्चालन गरिएको नेपालले बताए।

कमलैया र कमलरी मुक्ति, दलित तथा मुस्लिम समुदायलगायत पछाडि परेका वर्गका छोराछोरीलाई निःशुल्क शिक्षा लगायतका कार्यक्रम पनि कम्युनिष्ट नेतृत्वका सरकारले अघि बढाएको उनको दाबी थियो।

हुलाकी राजमार्ग, फास्ट ट्रयाक तथा मदन भण्डारी मध्यपहाडी लोकमार्ग निर्माणलगायतका महत्वपूर्ण विकासका कामसमेत कम्युनिष्ट नेतृत्वका सरकारका पालामा भएको उनले बताए।

नेपालले राजनीतिक नेतृत्वले भाषणमा मात्र नभई व्यवहारमा पनि इमानदारिता देखाउनुपर्ने बताए। देशको समृद्धि र विकासका लागि इमानदार भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

‘मानिसले केही लिएर जाँदैन भन्ने कुरा रसुवाको बाढीले पनि देखाएको छ,’ नेपालले भने, ‘त्यसैले देशको समृद्धि र विकासका लागि अब इमानदारिताका साथ अघि बढ्नुपर्छ।’

नेपाली कम्युनिष्ट पार्टीका मधेश संयोजक महेन्द्र रायले कम्युनिष्ट पार्टीहरू पटक–पटक विभाजित हुँदै आएकाले कमजोर बनेको बताए। उनले वर्तमान अवस्थामा कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरू बीच एकता आवश्यक रहेको धारणा राखे।

पुष्पलाल मित्र केन्द्रका केन्द्रीय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा भएको कार्यक्रममा वामपन्थी नेताहरू रत्नेस्वर लाल गोइत,रोशन जनकपुरी, झल्कु यादव, किरण कर्ण लगायतले वामपन्थी एकता केवल सत्ता र शक्तिका लागि नभई जनताको जीवनमा परिवर्तन ल्याउने उद्देश्यमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।

rastriyaawaj@gamil.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..