हंसपुर नगरपालिकाका पूर्व मेयर मण्डलले फिर्ता गरेनन् कागजात र जिन्सी समान

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३१ गते ।

हंसपुर नगरपालिकाले पुर्व मेयर रामज्ञान मण्डलले नगरपालिकाको कागजात र जिन्सी समान अझ‌े फिर्ता गरेका छैनन् । कार्यकाल सकेको ४ महिना बितिसक्दा समेत उनले कागजसहितका जिन्सी सामान फिर्ता नगरेपछि नगरपालिका कार्यालयले उनलाई पत्र पठाएको छ । मेयर हुदा नगरपालिकाबाट लिएको मोवाइल, ल्यापटप, म्याकबुक, प्रिन्टर र इनभटर नगरपालिकामा फिर्ता गर्न हंसपुरका पुर्व मेयर मण्डललाई पत्र पठाएको प्रमुख प्रशासकिय अधिकृत केशव कुमार अधिकारीले बताए । मेयर पदमा रहदा मण्डलले लिएका विद्यालयहरुको दिवा खाजा सम्बन्धि कागजता र चेक, अस्पताल, सडक ढालान, नाला निर्माणको फाइल सहित अन्य जिन्सी समान तत्काल नगरपालिकामा बुझाउन नगरपालिकाले पत्र पठाएको हो । मेयर मण्डलको जिम्मामा १० लाख बराबरको औषधी जन्य समाग्री, १० लाख बराबरको खेलकुद समाग्री, १५ लाख बराबरको कार्यालय समाग्री र ५ लाख मुल्य बराबरको फर्निचर रहेको र मेयर पदबाट हटेपनि उक्त समानहरु नगरपालिकामा फिर्ता नगरेको प्रशासकिय अधिकृत अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..