भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

3 वर्ष पहिले प्रकाशित

काठमाडौं भदौ ३१, २०७९

सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विवाद हुदै आएको थियो । सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो । यसबारे सरकारले कानुन संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसदको कार्यकाल तोक्न बाध्य भएको थियो ।

यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  जनकपुरधाम, बैशाख ८ जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकमा एकरूपता कायम ग..

  राष्ट्रिय आवाज  बैशाख ८ गते, वीरगञ्ज   पर्सा — पर्सा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, बैशाख ६ –सनिवार  जनकपुरधामको ऐतिहासिक धार्मिक स्थल गङ्गासागरको पूर्वी डिलमा..

  मोनु गुप्ता  जनकपुरधाम, वैशाख ४ हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्य..

जनकपुरधाम, बैसाख २ गते  मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशित..