जनकपुरधामका मेयर र उपमेयरलाई जनही साढे ५ लाख जरिवाना, नतिरे पद जाने, बालेनको पनि त्यही हाल

3 वर्ष पहिले प्रकाशित

जनकपुरधाम,

निर्वाचनमा भएको खर्च विवरण नबुझाउने जनकपुरधामका मेयर र उपमेयरलाई जनही साढे ५ लाख जरिवाना गरिएको छ ।


निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।

जनकपुरधामका प्रमुख मनोजकुमार साह सुडी, उपप्रमुख किशोरी साहले खर्च विवरण पेस गरेका छैनन् । उनीहरूले ६ महिनाभित्र ५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने हुन्छ ।

यस्तै जितपुरसिमराका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले खर्च विवरण बुझाएका छैनन् । कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन परविन,

काठमाडौं महानगरका प्रमुख बालेन शाहले समेत खर्च विवरण बुझाएका छैनन् ।

खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो ।

६ वटा महानगरमध्ये लतिपुरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख अञ्जली शाक्य बज्राचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले मात्रै मत परिणाम सार्वजनिक भएको ३० दिनभित्रै खर्च विवरण पेस गरेका छन् । काठमाडौं महानगरका प्रमुख शाह र पोखराका प्रमुख धनराज आचार्यले ३० दिनभन्दा पछि खर्च विवरण पेस गरेका थिए । खर्च विवरण नबुझाउनेमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम र काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले खर्च विवरण पेस गरेका छैनन् । उनीहरूले अब जनही साढे लाख रुपैयाँ ६ महिनाभित्र तिरिसक्नु पर्ने हुन्छ । ६ महिना जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था छ ।

त्यसैगरी धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले पनि मत परिणाम आएको ३० दिनपछि मात्रै खर्च विवरण पेस गरेको पाइएको छ । इटहरी उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरीले पनि ढिला बुझाएकी छन् ।

निर्वाचन आयोग ऐन अनुसार जरिवाना गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हममध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तर्न सक्ने प्रावधान छ ।

आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..