सर्वोच्च प्रशासनले सुरक्षाकर्मीलाई भन्यो ः निलम्बन फुकुवा पत्र नआएसम्म जबरालाई अदालत प्रवेश नदिनू

4 वर्ष पहिले प्रकाशित

काठमाडौं,२ गते
सर्वोच्च अदालत प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। जबराले भने आफूमाथि लागेको महाभियोग निस्कृय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन्।
सुरक्षा स्रोतले भन्यो,ु निलम्बनको फुकुवा पत्र नआएसम्म जबरालाई अदालत प्रवेश नगराउनू भन्ने निर्देशन सर्वोच्च प्रशासनबाट आएको छ। जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल रातिदेखि सकिएको हुँदा महाअभियोग स्वतस् निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च अदालत प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए। यो खबर पाएपछि नेपाल बार एसोसिएसनले आजै बिहान आकस्मिक बैठक बोलाएको थियो। बैठकले जबरालाई अदालत प्रवेश गर्न नदिने निर्णय गरेको छ।

महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन तयार पारिएको प्रतिवेदन शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको थियो। समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको छ। जबरा अदालत आउने बताइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। २०७८ फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले संविधानको धारा १०१ ९२० बमोजिम जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..