जसपाको विश्वास ः आज बस्ने सत्ता गठबन्धन बैठकले भागबण्डा टुंग्याउँछ

3 वर्ष पहिले प्रकाशित

काठमाडौं असोज १३, २०७९

सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।

गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ ।’ धेरै सिटमा सहमति भइसके पनि केही सिटमा दोहोरो, तेहरो दावी रहेको कारण सहमति हुन नसकेको उनको भनाइ छ ।

आज बस्ने बैठकले त्यसलाई पनि टुंगो लगाउने उनले बताए । मधेश प्रदेशका केही क्षेत्रमा अझै सहमति जुटाउन बाँकी रहेको बताउँदै शीर्ष नेतासहित बस्ने कार्यदलको बैठकले आज टुंगो लगाउने उनको भनाइ छ । जसपाले देशैभर ३० सिटको दावी गरेको छ । मधेश प्रदेशमा मात्र २०–१५ सिटमा जसपाको दावी रहेको छ । तर जसपाको भागमा १५ सीट मात्र भाग परेको विवरण सार्वजनिक भएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पनि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  जनकपुरधाम, बैशाख ८ जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकमा एकरूपता कायम ग..

  राष्ट्रिय आवाज  बैशाख ८ गते, वीरगञ्ज   पर्सा — पर्सा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, बैशाख ६ –सनिवार  जनकपुरधामको ऐतिहासिक धार्मिक स्थल गङ्गासागरको पूर्वी डिलमा..

  मोनु गुप्ता  जनकपुरधाम, वैशाख ४ हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्य..

जनकपुरधाम, बैसाख २ गते  मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशित..