लोसपाले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति

3 वर्ष पहिले प्रकाशित

२३ काठमाडौँ — सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ । शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।

कुन(कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

ुगठबन्धनमा हामीले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति भएको छ । हामीले रोजेर सिट लिन्छौं, बाँकी उहाँहरुले उम्मेदवार उठाउनुहुन्छ,ु नेता कर्णले भने ।

गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..