मण्डलको सपना ऐमालेले खोस्यो, टिकट नदिएपछि मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिँदै

4 वर्ष पहिले प्रकाशित

वेलकम संवाददाता

२३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन् ।
एक वर्षयता चुनाव लड्ने तयारीसहित मण्डल क्षेत्र नम्बर ५ मा सक्रिय थिए । तर गठबन्धन गर्दा उनको टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । ‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु ।’

नेकपा एमालेले टिकट दिने आश्वास दिएपछि उनले क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश अभियान पनि सञ्चालन गरेका थिए । आफ्ना समर्थकको माग अनुसार उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । ‘जनताले विकल्प खाजेका छन्,’ उनले भने, ‘जनतालाई विकल्प दिन म उम्मेदवारी दिन्छु ।’
क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..