फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

4 वर्ष पहिले प्रकाशित

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

बैठकबाट नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस १७ गते    आज फस्ट जनवरी अर्थात नयाँ वर्षले जनकपुरधाममा भरिभ..

  जनकपुरधाम, पुस १६ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमद..

पुस १६ मंगल बार  नेपाल भारत मैत्री युवा संघ धनुषाको जिल्ला सदस्य पदमा जनकपुरधाम उधोग बाणिज्य संघका कोषाध्यक्ष ..

जनकपुरधाम, १६ पुस  सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्चशिक्षामा पहुँच बढाउन मधेश प्रदेश सरकारले मधेश ..

जनकपुरधाम, पुस १६ मंगल बार    मधेश प्रदेश सरकार अन्तर्गतको जनकपुर धाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठा..