उम्मेदवारविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

4 वर्ष पहिले प्रकाशित

कात्तिक ९, २०७९
रासस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

झुठ फेसबुक पेज ग्रुप सिर्र्जना गरी नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २३ को दपदफा ९१० तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसुर गर्ने व्यक्तिलाई रु एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेजग्रुप तत्काल हटाइ उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

साथै, उक्त फेसबुक पेजबाट तत्काल नहटाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..