सिरहा २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा, शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार मुख्य एजेन्डा

2 वर्ष पहिले प्रकाशित

कार्तिक २१, २०७९
बिनोद ठाकुर

सिरहा — निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।
पूर्वमन्त्रीबीचको प्रतिस्पर्धाले पनि यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । दुवै जनालाई जनमत पार्टीका विनोदकुमार यादव र पूर्वसञ्चारकर्मीद्वय रामरिझन यादव, देवकुमार यादवलगायत स्वतन्त्र उम्मेदवारको चुनौती छ । चित्रलेखा २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । २०७० र २०७४ मा दुई पटक समानुपातिक सांसद भइसकेकी उनी २०५६ मा उपसभामुख, २०७० मा शिक्षामन्त्री र कांग्रेसको प्रमुख सचेतक बनिसकेकी छन् । २०५१ र २०६४ को संसदीय निर्वाचनमा भने उनी पराजित भइन् ।

मधेस आन्दोलनपछि राजनीतिमा उदाएका पूर्वसञ्चारमन्त्री राजकिशोर २०६४ को संविधानसभामा सिरहा–६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका उनी अहिले क्षेत्र परिवर्तन गरी एमाले–जसपा गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । फोरमबाट अलग्गिएर फोरम गणतान्त्रिकबाट २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–६ बाटै उम्मेदवारी दिए पनि उनले हार व्यहोर्नुपर्‍यो ।

गठबन्धन दलका उम्मेदवारहरूले ‘शिक्षा, स्वास्थ्य, रोजगार, समृद्धिको प्रमुख आधार’ भन्दै पुरानै एजेन्डा मतदातासमक्ष राखेका छन् । दुवै उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार पुलपुलेसा, सडक मुख्य एजेन्डा भएको र आआफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । पछिल्लो समय जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरूले गठबन्धन दलका उम्मेदवारका एजेन्डामाथि धाबा बोल्दै भ्रष्टाचारको विरोधलाई नै चुनावी मुद्दा बनाएका छन् । स्वतन्त्र उम्मेदवार पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार दलहरू भ्रष्टाचारमा लिप्त भएकाले ‘भ्रष्टाचारको विरोध अभियान’ मतदातामाझ पुर्‍याउन सफल भएकाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।
सिरहा क्षेत्र नं। २ मा १ लाख ७ हजार ४ सय ६५ मतदाता छन् । यो क्षेत्रमा गठबन्धन र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा ५र५ वडा रहेको नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिकाको १ वडा, सुखीपुर नगरपालिकाको १० वटा वडा, धनगढीमाई नगरपालिकाको १२ र गोलबजार नगरपालिकाको १ वडा गरी ४१ वटा वडा पर्छन । तीमध्ये गत स्थानीय तहमा कांग्रेसले १२, एमालेले १०, जनता समाजवादी पार्टीले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनमत पार्टी १ वडा जितेका छन् । स्थानीय तह वडाका आधारमा कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रिक–वाम गठबन्धनले ३३ हजार ८ सय ९५ मत पाएको देखिन्छ । एमाले–जसपा गठबन्धनले ३२ हजार ३ सय ४८ मत पाएको छ । स्थानीय तहमा एउटा वडा जितेको जनमत पार्टीले ४ हजार ९ सय ६६ मत पाएको थियो ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..