मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

3 वर्ष पहिले प्रकाशित

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।
उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रमुख मिश्रले पुस २८ गते अपरान्ह ४ बजेसम्मको समय तोकेका थिए । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

उनी २०७४ सालमा तत्तकालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै बसेका थिए ।

उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

को हुन् मुख्यमन्त्री यादव ?

५१ वर्षीय यादव विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्थे । विज्ञान पढेका उनले बीएस्सीसम्मको अध्ययन गरेका छन् । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी २०५४ मा तत्कालिन हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी बारा क्षेत्र नं. १ बाट सद्भावना पार्टीबाट निर्वाचित भएका थिए । उनी माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..