मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

4 वर्ष पहिले प्रकाशित

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।
उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रमुख मिश्रले पुस २८ गते अपरान्ह ४ बजेसम्मको समय तोकेका थिए । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

उनी २०७४ सालमा तत्तकालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै बसेका थिए ।

उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

को हुन् मुख्यमन्त्री यादव ?

५१ वर्षीय यादव विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्थे । विज्ञान पढेका उनले बीएस्सीसम्मको अध्ययन गरेका छन् । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी २०५४ मा तत्कालिन हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी बारा क्षेत्र नं. १ बाट सद्भावना पार्टीबाट निर्वाचित भएका थिए । उनी माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..