एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छु

2 वर्ष पहिले प्रकाशित

कार्तिक १९, सिरहा, विनोद ठाकुर ।
आईतवार सिरहाको कल्याणपुर नगरपालिका गुन्जायमान रहयो, डा. सिके राउत जिन्दाबाद, चिकना बजार भरिभराउ थियो राउत लाई हेर्न र कुरा गर्न । केही क्षणमै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. राउतको इन्ट्री हुन्छ त्यसपछि त थप रंगमन्च रंगिन्छ। सिरहाबासीको प्रेमजालमा परेको आभाष डा.राउतलाई झनै बढी महशुस तब भयो, जब स्थानीयले ३१ किलोको फुलमाला लगाईदिए।
एमालेका प्रकाश महासेठ र जसपा नेपालका जितेन्द्र महत्तो सहित हजार भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमत पार्टीमामा प्रवेश गरेको छ । आईतबार सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं. ५ चिकना बजारमा भएको बृहत पार्टी प्रवेश तथा आम सभामा उनीहरु जनमतमा प्रवेश गरेका छन । पार्टीका अध्यक्ष डा. सिके राउतले फुलमाला र अवीर लगाइ जनमतमा भित्रयाएका छन । त्यस्तै मधेश प्रदेशका पुर्व राज्यमन्त्री संजय यादब र पार्टीका केन्द्रिय नेताहरुले फुलमाला र अवीर लगाई उनीहरुलाई बधाई दिदैँ स्वागत गरेका थिए । उक्त बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष राउतले आफु र जनमत पार्टी सदैव जनताको साथमा रहेको बताउनुभयो । उहाँले मधेश र देशका जनताको लागी आफु जहिले पनि ज्यान दिन तयार रहेको बताउदै सिरहाबासीकै सहयोगमा जनमत आज देशको प्रिय र सबैको पार्टी बनेकोमा सबैलाई धन्यबाद दिए ।
उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरुले मन्तव्य राख्दै आगामी २०८४ को चुनावमा जनमत पार्टीलाई देशको शीर्ष स्थानमा पुरयाउँदै आगामी प्रधानमन्त्री डा. सिके राउत नै हुने दाबी गर्नुभयो । त्यसैले जबसम्म उहाँ प्रधानमन्त्री बन्नुहुन्न तबसम्म देश र जनताको कल्याण नहुने बताउँदै सम्पूर्ण जनतालाई आगामी चुनावको लागी तयार रहन आग्रह गर्नुभयो ।
त्यस्तै पार्टीका प्रवक्ता डा. शरदसिँह यादबले दिपावली, छठ तथा सामा चकेवको शुभकामना मन्तब्य ब्यक्त गर्दै सिरहाबासीलाई सुस्वास्थय, दीर्घआयुको कामना गर्नुभयो । कार्यक्रममा स्थानीयहरुले ३१ किलोको फुलको माला लगाई कल्याणपुरमा भब्य स्वागत गरेका थिए । उक्त पार्टी प्रवेश कार्यक्रममा बिभिन्न राजनिति दलका नेता कार्यकर्ता, सुरक्षकर्मी, कल्याणपुर नगरपालिकाको वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार यादब लगायत हजारौ स्यानीयहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रमलाई सिरहा जिल्ला इन्र्चाज बिनोद यादबले गरेका थिए भने उदघोषण विद्यार्थी नेता अरबिन्द सहनीको रहेको जानकारी जनमत पार्टीका अर्का विद्यार्थी नेता दीप कुमार यादबले दिनुभयो । ...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..