बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि . बसैहिया र सिदार्थ शिशु सदन विजय

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम/फागुन १ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गोगल प्रसाद मा.वि. र सिदार्थ शिशु सदन विजय भएका छन ।

 

आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र श्री राम स्कुल बीच खेल भएको थियो जसमा श्री राम स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । श्री राम स्कुलका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाउन सफल भएका थिए । गोगल प्रसाद मा.वि. ले जितको लागि १५३ रनको लक्ष्य प्रतिद्वन्दी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम सार्थक झा ले २६ बलमा ३२ रन र ईरसाद खानले ४६ बलमा ५४ रनको योगदान दिएका थिए।

 

गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका धिरज साह ले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सचिन ले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । 

 

जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले १७.३ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर ३ विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि ले ४० बलमा ४२ रन र विमलेश सहनीले १९ बलमा ३५ रन बनाए । श्री राम स्कुलका लागि बलिङ गरेका दिपेश मण्डल ले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट हासिल गर्न सफल भएका थिए भने ईरशाद खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का अविनाश निधि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी लोसपा नेपालका वरिष्ठ नेता तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोद्वारा हस्तान्तरण गरिएको थियो।

 

त्यस्तै आजको दोस्रो खेल जनकपुर पब्लिक स्कुल र सिदार्थ शिशु सदन बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर ब्याटिङका लागि सिदार्थ शिशु सदन लाई आमन्त्रण गरेका थिए । सिदार्थ शिशु सदनका खेलाडीहरु १८ ओभरमा अल आउट हुदै ९६ रन बनाउन सफल भएका थिए। यस टिमका लागि मुकेश यादव ले २२ बलमा २२ र अनिश रोहिताले १६ बलमा १८ रनको योगदान दिएका थिए ।

 

जनकपुर पब्लिक स्कुलको तर्फबाट लागि बलिङ गरेका आदित्य यादवले चार ओभरमा १७ रन खर्चेर ४ विकेट र आतिश झाले चार ओभरमा एक मेडन ओवेर राख्दै २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । 

 

जवाफी ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुलका खेलाडीहरु माथि सिदार्थ शिशु सदनका खेलाडीहरु हाबी हुँदै १४.४ ओभरमा ६७ रनमै अलआउट पार्दै सिदार्थ शिशु सदनले २९ रनले जीत हासिल गरेका छन । यस टिमका लागि विकाश साहले १५ बलमा १० रन बनाए भने रिजवान राइनले २५ बलमा १६ रन बनाए । सिदार्थ शिशु सदनकाका लागि बलिङ गरेका आयुष यादवले चार ओभरमा ६ रन खर्चेर ४ विकेट र अनिश रोहिताले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच सिदार्थ शिशु सदनका आयुष यादव घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी जनकपुर जेसिजका नव नियुक्त अध्यक्ष जेसि यातोस साह द्वारा हस्तान्तरण गरिएको थियो।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते    जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २४ गते  धनुषा जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसम..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २२ गते नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपा..