मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी

2 वर्ष पहिले प्रकाशित

 

फागुन ५शनिबार 

 जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा आज भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी भएका छन । रंङ्गभूमि मैदानमा भएको पहिलो खेल नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर उद्योग बाणिज्य संघ बिच भएको थियो। जसमा जनकपुर उद्योग बाणिज्य संघले टस जितेर पहिला ब्याटिङ गरेको थियो। जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

 

पहिले ब्याटिङ्ग गरेको जनकपुर उद्योग बाणिज्य संघ तर्फवाट माया कुमारीले सर्वाधिक १२ रन बनाए । नेपाल पत्रकार महासंघ धनुषाको तर्फ बाट घनश्याम मिश्रा ले २ विकेट लिएका थिए। 

 

जवाफमा ब्याटिङ्ग गर्न आएको नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमले ८.२ ओभरमा ६ विकेटको क्षतिमा ५४ रन बनाएर ४ विकेटले खेल जित्यो।नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका तर्फबाट कमलेश ठाकुरले सर्वाधिक १४ रन बनाएका थिए।जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये मनिस रमणले सर्वाधिक ३ विकेट लिएका थिए।

उक्त खेलमा नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका घनश्याम मिश्र म्यान अफ द म्याच घोषत भएका थिए।

 

 

यस्तै आजको दोस्रो खेल जनकपुर जेसिज र नव मिथिला फाउन्डेसन बिच भएको थियो। जसमा जनकपुर जेसिजले टस जितेर पहिला ब्याटिङ गरेको थियो। जनकपुर जेसिजको क्रिकेट टिमले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

 

पहिले ब्याटिङ्ग गरेको जनकपुर जेसिजको तर्फवाट सिद्धार्थ चौधरीले सर्वाधिक ७५ रन बनाए । नव मिथिला फाउन्डेसनको तर्फ बाट शम्भुले २ विकेट लिएका थिए। 

 

जवाफमा ब्याटिङ्ग गर्न आएको नव मिथिला फाउन्डेसनका क्रिकेट टिमले १४ ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएर ७ विकेटले खेल जित्यो। मिथिला फाउन्डेसनका क्रिकेट टिमका तर्फबाट सन्देश कटुवालले ५० रन र गौतम झा ले ५४ रन

बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..