धार्मिक सहिष्णुता कायम राख्ने द्वन्द्व रुपान्तरण शैली

9 महीना पहिले प्रकाशित

- प्रदीप राज कणेल

 

धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव र सामाजिक एकता "राष्ट्र निर्माण (Nation building)" का न्यूनतम सूचक हुन ।

खोक्रो पहिचान र उग्र राष्ट्रवादले मुल पहिचान ( Primary Identity) समेतलाई धुमिल तुल्याईदिन सक्दछ । धमिलो पानीमा माछा मार्ने प्रवृत्ति क्षणिक लाभमा आधारित हुन सक्दछ, सामाजिक संरचनामा देखापर्ने त्यस किसिमका द्वन्द रुपान्तरण गर्ने उपायको खोजी पनि समाजवाट नै पहिल्याउनु पर्दछ । दीगो शान्ति कायम राख्नु भनेको सम्वृद्द, समतामूलक अनि सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्नु हो।

धार्मिक सहिष्णुता कायम राख्ने द्वन्द्व रुपान्तरण ( Conflict transformation ) शैली समय, परिस्थिति र स्थान अनुरुप भिन्न हुन सक्दछ । 

यहाँ नेपाली समाजमा वेलावखत देखापर्ने धार्मिक सास्कृतिक द्वन्द रुपान्तरणकालागि केहि व्यवहारिक सुझाव प्रस्तुत गरिएको छ ;

१. आआफ्नो धार्मिक सास्कृतिक कृत्य गर्दा अन्य समुदाय समेतले सद्भाव प्रस्तुत गर्ने संस्कृतिको अवलम्बन गर्न विद्यालय तथा सामुदायिक शिक्षा पद्धतिमा सत्य निष्टा ( Integrity) मा आधारित कार्ययोजना सहितको पाठ्यक्रम अवलम्बन गर्ने ।

२. खेलकुद, योगा, अन्य स्वस्थ्य मनोरञ्जन का समावेशी कार्यक्रमहरु अवलम्बन गर्ने ।

३. युवा लक्षित स्वरोजगार कार्यक्रमलाई खासगरी सीमान्तकृत हरुको पहुचमा पुर्याउन मापदण्ड र कार्ययोजनाकासाथ अघि वढ्ने ।

४. आआफ्नो धर्म प्रतिको अवलम्बन गर्न अन्यवाट वाधाविरोध वा प्रलोभन वा त्रासमा पारी धर्म परिवर्तन गराउन नदिन कानुन कार्यान्वयन गर्ने ।

५. छुवाछूत जस्ता विभेदकारी सामाजिक संरचना भत्काउन सह भोज, रक्तदान, धार्मिक स्थल वा अन्य सार्वजनिक स्थानमा विभेद रहित पहुच, राजनीतिक तथा अन्य सार्वजनिक नेतृत्वमा सीमान्तकृतको सहज पहुँच लगायतका कार्यक्रमलाई परिणाममुखी तुल्याउन संरचनागत पुनरावलोकन गरि नतिजामा आधारित कार्यक्रम अवलम्बन गर्ने ।

मौजुदा कानुनी साक्षरता वढाई कानुन कार्यान्वयन समेत गर्ने।

६. सवै धार्मिक स्थल तथा कार्यक्रमहरुमा ध्वनि नियन्त्रण गर्न " माईक " लाई पूर्ण रुपमा निषेध गर्ने ।

७. विकास कार्यक्रम छनौट गर्दा विद्यार्थीको हित, स्वच्छ पिउने पानी तथा सरसफाई जस्ता आधारभूत विषय र दीगो विकासका लक्ष हासिल गर्ने तर्फ ध्यान केन्द्रित गर्ने।

८. अवाञ्छित तत्वको घुसपैठवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न कार्ययोजनामा आधारित सुरक्षा व्यवस्था अवलम्बन गरि सोको नियमित अनुगमन मूल्याकंन गर्ने संयन्त्र किटान गर्ने ।

९. धार्मिक सद्भाव भड्काउने गरि हुनसक्ने सामाजिक संजालको दुरुपयोग रोक्न कानुन कार्यान्वयन गर्ने।

१०. परस्पर भिडन्त हुनेगरी कार्यक्रम हुन नदिने र यसकालागि नियमक निकायका जिम्मेवार पदाधिकारीहरु नियमित सम्वाद र समन्वयमा रहने।

११. आवश्यकता अनुरुप सवै धर्म, संस्कृति, नागरिक समाज, आम सञ्चारका प्रतिनिधिमुलक सकारात्मक अन्तरसम्वाद तथा सद्भाव र् याली समेतको आयोजना गर्ने । साथै अन्तर तह र अन्तर निकाय समन्वयलाई निरंतरता दिने ।

धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव र सामाजिक एकता राष्ट्र निर्माण ( Nation building) का न्यूनतम सूचकांक हुन्, जसको अभावमा नागरिकविच सम्वेगात्मक एकता हुन सक्दैन । यहाँ विचारणीय के छ भने धमिलो पानीमा माछा मार्दा क्षणिक लाभ त होला तर यसले प्राथमिक पहिचान र राष्ट्रवाद

( Primary Identity and Nationalism) समेतलाई अन्तत: ओझेलमा पारिदिने हुदा धार्मिक सास्कृतिक द्वन्द रुपान्तरण गर्नुको विकल्प हुन सक्दैन ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..