ससुरा लाई चक्कु प्रहार गरी हत्या, फरार ज्वाइँ पक्राउ

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २५ गते 

 

जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्वाइँ पक्राउ परेका छन्।

 

धनुषा प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या अभियोगमा उनका ज्वाइँ बेचन महासेठ लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

 

प्रहरीका अनुसार असार १८ गते लेनदेन विवादका कारण महासेठले ससुरामाथि चक्कु प्रहार गरेका थिए। घटनापछि उनी फरार थिए।

 

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घरेलु विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलबाट प्रयोग भएको चक्कु र आरोपी चढेको प्रदेश ०२–००७ प. ९९३२ नम्बरको स्कूटर समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

 

मृतककी पत्नी शैल देवीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार महासेठ लाई खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..