धनुषामा होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रूपेश सिंह

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार २४ गते 

धनुषा जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसमिति गठन भएको छ। संगठनको अध्यक्षमा रूपेश सिंह चयन भएका छन्। कार्यसमिति चयन गर्दै महासंघले आगामी कार्यकालका लागि औपचारिक जिम्मेवारी सुम्पिएको छ।

 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष गुप्ता, महिला उपाध्यक्षमा सीता चौहान, उपाध्यक्षमा अनिकेत रुङटा, महासचिवमा गौतम साह, सचिवमा सुनिल साह, कोषाध्यक्षमा अमित ठाकुर चयन भएका छन्।

 

त्यसैगरी सदस्यहरूमा रवि गुप्ता, विनय साह, भरत महासेठ, मुकुन्द अधिकारी, शिवनाथ पण्डित, सुनैना ठाकुर र अमित मिश्रा रहेका छन्।

 

* “पर्यटन विकासमा व्यावसायिक एकता अनिवार्य” – अध्यक्ष सिंह

 

नवनियुक्त अध्यक्ष रूपेश सिंहले कार्यभार ग्रहण गर्दै भने, “जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वसामु चिनाउन अब हामीले व्यावसायिक एकता, गुणस्तरीय सेवा र दीर्घकालीन योजनामा ध्यान दिनुपर्छ। होटल तथा पर्यटन क्षेत्रको समृद्धिका लागि हामी व्यवसायीबीच सहकार्यलाई सुदृढ बनाउनेछौं।”

 

उनले स्थानीय सरकारसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण र पर्यटकलाई आकर्षित गर्ने दीर्घकालीन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

* पर्यटन पूर्वाधारमा जोड, सदस्यहरू उत्साहित

नयाँ कार्यसमिति चयनसँगै पर्यटन क्षेत्रका व्यवसायीहरूमा उत्साह थपिएको छ। विशेषगरी धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास भइरहेको जनकपुरधाममा पूर्वाधार, सेवा सुविधा, सरसफाइ, सुरक्षा तथा प्रचारप्रसारमा महासंघको भूमिका निर्णायक हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..