जनकपुरमा ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ विषयक कार्यक्रम आयोजन

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २५ गते

 

भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर छलफल गर्ने उद्देश्यसहित जनकपुरधाममा ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ शीर्षकमा विशेष कार्यक्रम सुरु भएको छ।

 

राष्ट्रिय एकता अभियान द्वारा आज बुधबार आयोजित सो कार्यक्रम जनकपुरस्थित एक सभा कक्षमा सुरु भएको हो। कार्यक्रमको उद्घाटन राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभयो।

 

उद्घाटन मन्तव्यमा अध्यक्ष यादवले पाकिस्तान समर्थित आतंकी सञ्जालहरूले नेपाल–भारतको खुला सिमानाको दुरुपयोग गर्दै मधेशलाई ट्रान्जिट बनाउने प्रयास गरिरहेको गम्भीर दाबी गर्नुभयो। साथै, उहाँले नेपालमा चिनीया विस्तारवादको प्रभाव विस्तार भइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसप्रति पनि सावधानी अपनाउन आग्रह गर्नुभयो।

 

कार्यक्रमका विशिष्ट अतिथि संविधानसभा सदस्य भूपेन्द्र चौधरीले राज्य संयन्त्र र सुरक्षासंस्थाहरू अझ सजग, चनाखो र सक्रिय बन्नुपर्ने औंल्याउनुभयो।

 

कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा र पंकज झा लगायतको उपस्थिति थियो। वक्ताहरूले मधेशमा अस्थिरता सिर्जना गर्ने बाह्य शक्तिहरूको षड्यन्त्रप्रति सचेत रहन जनतालाई आग्रह गरे।

उनीहरूले सुरक्षा चेतनाको अभावका कारण मधेश संवेदनशील बन्दै गएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा बहस र सहभागिता आवश्यक रहेको बताए।

दुई दिने सो कार्यक्रममा भोलि विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विशेषज्ञ र सामाजिक अगुवाहरूले पनि आफ्ना धारणा राख्ने आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..