बभनगामा अवस्थित असमसान क्षेत्रमा सामुदायिक सहभागितामा वृहत वृक्षारोपण

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, असार २१ – जनकपुरधाम उप-महानगरपालिका वडा नं. २५ बभनगामा अवस्थित असमसान क्षेत्रमा आज “समृद्धिका लागि वन परियोजना” अन्तर्गत सार्वजनिक जग्गाको संरक्षण, व्यवस्थापन तथा उपयोगका लागि समुदाय–सहभागितामा आधारित वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

 

असमसान संरक्षण समूहद्वारा आयोजित कार्यक्रममा जनकपुरधाम उप-महानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा आप, लिची, टिक, अर्जुना, अमला, पिपल, बेल र जामुन जातका गरी करिब ८५० वटा रुखहरू रोपिएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा वडा नं. २५ का वडा अध्यक्ष चन्देश्वर साह र “समृद्धिका लागि वन परियोजना” का संयोजक सुजित कुमार झा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। समुदाय, स्थानीय बासिन्दा, युवा समूह, महिला प्रतिनिधि, विद्यार्थी, सामाजिक अभियन्ता र स्वयंसेवीहरूको सक्रिय उपस्थिति कार्यक्रमको आकर्षण रह्यो।

 

उक्त वृक्षारोपण अभियानले असमसान क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगमा स्थानीय समूहको सहभागिता सुनिश्चित गर्दै दीर्घकालीन वन क्षेत्र विकासतर्फको मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ। नगरप्रमुख साहले उद्घाटन मन्तव्यमा वातावरणीय सन्तुलन कायम गर्न यस्ता सामूहिक अभियानहरू अपरिहार्य भएको उल्लेख गर्दै, “सार्वजनिक सम्पत्तिको संरक्षणमा समुदायको अग्रसरता नै समृद्ध नगर निर्माणको आधार हो,” भन्नु भयो।

 

असमसान संरक्षण समूहले वृक्षारोपण मात्र नभई त्यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..