रघुवीर महासेठ द्वारा विमलेन्द्र निधि माथि तिब्र आलोचना : विकास विरोधी मानसिकताको आरोप

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार २२ गते

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि माथि तीव्र आलोचना गरेका छन्।

 

राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणबारे निधिले महासेठ प्रति लगाएको आरोपको खण्डन गर्दै महासेठले आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिलाई “विकास विरोधी मानसिकताले ग्रसित” भएको टिप्पणी गरे।

 

* महासेठको आरोप

महासेठले निधि लाई जनकपुरधामको विकासमा अवरोध पुर्‍याउने व्यक्ति भनेर आरोप लगाए। “जनकपुरधामको फोहोरमैला व्यवस्थापन देखि लिएर, दुर्गानन्द झा जस्ता ऐतिहासिक पात्रहरूको योगदानको उपेक्षा गर्ने व्यक्ति विमलेन्द्र निधि हुन्,” उनले भने।

 

उनले निधिले जटहीमा बन्न लागेको दुर्गानन्द झाको स्मृति भवन रोकिएको, र झाको शालिक निर्माणसमेत हुन नदिएको आरोपसमेत लगाए।

 

* "विकासको विषयमा राजनीतिक पूर्वाग्रह उचित होइन"

महासेठले स्मरण गराए कि रामनारायण मिश्र जुनसुकै पार्टीका भए पनि मुलुक र मिथिला क्षेत्रका लागि उनको योगदान अतुलनीय छ। “महेन्द्रनारायण निधिको नाममा मिथिला सांस्कृतिक भवन बन्न सक्छ भने मिश्रको नाममा पनि स्मृति भवन निर्माण हुनु पर्छ,” उनले भने।

 

* राजर्षि जनक विश्वविद्यालय सम्बन्धी स्पष्टीकरण

राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनियारीमा निर्माण बारे उठेका प्रश्नमा महासेठले स्पष्ट पारे, “यस विश्वविद्यालयको अवधारणा निधि होइन, सम्पूर्ण मिथिला र मधेशबासीको चाहना हो। यो जहाँ बने पनि बन्नै पर्छ।” उनले निधि द्वारा लगाइएका ‘स्थान परिवर्तनको प्रयास’ सम्बन्धी आरोपहरू निराधार र व्यक्तिगत स्वार्थ बाट प्रेरित रहेको दाबी गरे।

 

* निधिको राजनीतिक भूमिका प्रति प्रश्न

 

“नेता निधि मित्र हुन्,” भन्दै महासेठले थपे, “तर पछिल्लो समय उहाँका अभिव्यक्तिहरू गैरराजनीतिक र पूर्वाग्रही बन्दै गएका छन्। विकासका कार्यहरूमा अवरोध गर्नु बाहेक उहाँले सकारात्मक भूमिका निर्वाह गरिरहनुभएको छैन।”

 

यसअघि कांग्रेस नेता विमलेन्द्र निधिले पत्रकार सम्मेलनमार्फत राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनियारी बाट अन्यत्र सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका थिए, जसको खण्डनमा महासेठले प्रत्यक्ष आरोपसहित जवाफ दिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..