व्हील चेयर म्याराथन सम्पन्न

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम/चैत २४ गते। जनकपुरधाममा जनकपुरधाममा व्हील चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो ।

 

१ किलोमिटरको व्हील चेयर म्याराथनमा मधेस प्रदेश भरी बाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हील चेयर प्रयोगकर्ताहरुलाई हौसला मिलोस उनीहरु पनि जीवन केही गर्न सक्छ्न भन्ने प्रेरणा मिलोस र सकारात्मक सोचको विकाश होस भन्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको थियो। सो म्याराथनमा महोत्तरीका नरेश कुमार साह प्रथम र सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेका छन् ।

 

व्हील चेयर म्यराथनमा १ किलोमिटरको दूरी ६ मिनेट २६ सेकेन्डमा पूरा गर्दै महोत्तरीका नरेश कुमार साह प्रथम स्थान हासिल गरेको थिए भने ६ मिनेट ३८ सेकेन्डमा १ किलोमिटर दुरी पूरा गरेका सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै सर्लाहीकै रमेश पासवान ७ मिनेट १८ सेकेन्डमा १ किलोमिटरको दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

 

प्रथम, द्वितीय तथा तृतीय सहित सबै विजेतालाई प्रमाणपत्र, मेडल तथा प्रोत्साहन स्वरुप नगदसहित मधेस प्रदेशसभा सदस्य राम आशिष यादवले वितरण गरेका थिए । न्यु भिजन नेपालको आयोजना मधेस प्रदेशमै पहिलो पटक व्हील चेयर म्याराथन गरिएको न्यु भिजन नेपालका अध्यक्ष तथा जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहले बताए। साथै यो संस्थाको नाम जस्तै कामहरु पनि नयाँ नयाँ गर्दै गईरहेको र आगामी दिनमा पनि यस्तै नयाँ नयाँ काम गर्दै जाने अध्यक्ष साहले बताएका छ्न।

 

साथै उक्त व्हील चेयर म्याराथन प्रतियोगितामा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. जागेश्वर यादव, वृक्ष मानव सुरेश शर्मा, सोटो नेपाल मधेस प्रदेशका अध्यक्ष विरेन्द्र कुमार साह,जनकपुरधाम हार्डवेयर व्यवसायी संघका महासचिव ओम प्रकाश साह, व्हील चेयर म्याराथनमा सहयोगीको रुपमा रहेका ग्लोबल ट्रेडिङ कन्सर्नका संचालक राम सोगारथ साह, जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साह,जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्ष तथा न्यु भिजन नेपालका वरिष्ठ उपाध्यक्ष रन्जित पजियारको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..