चुरे लाइफ लाइन भएकोले चुरे संरक्षणको माग सहित काठमाण्डौ सम्मको पद यात्रा पुन थाल्ने -संयोजक यादव

8 महीना पहिले प्रकाशित

जनकपुरधाम 

चुरे विनाश सँगै तराई मधेशमा पानीको कमी भएको अवस्थामा जीवननै संकट पर्ने भएको हुनाले हाम्रो लाइफ लाइन चुरे संरक्षणका लागि विभिन्न माग सहित काठमाण्डौ सम्मको पद यात्रा पुन थाल्ने -संयोजक सुनिल कुमार यादवले प्रेस विज्ञप्ति जारी गारेका छन।चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न ११ बुंदे माग अगाडी राखेका छन ।

दुई पटक प्रदेश सकार र एक पटक संघिय सरकार संग हाम्रो मांग सम्बोधन गर्ने सहमति तथा अश्वासन पाए पनि तिनै तहका सरकार अभियानले उठाएको मुद्दा प्रति गम्भिर नदेखिएको हुनाले अभियानको ध्यानाकर्षण भएको जनाएको छ ।

तीनै तहका सरकार मागप्रति गम्भीर नभएकोहुनाले वैशाख १६ गते देखि सप्तरी जिल्लाको भारदह देखि वाराको पथलैया र चितवनको नारायणघाट हुदै काठमाण्डौ सम्मको पैदल यात्रा सुरु गर्ने भएको अभियानले विज्ञप्ती माफर्त जनाएको छ । शनिबार जारि गरेको विज्ञप्तीमा यात्राको क्रममा कुनै पनि किसीमको अप्रिय घटना घटेको खण्डमा तीनै तहका सरकार जिम्मेवार हुने भनिएको छ ।

जारी विज्ञप्ती माफर्त उठान गरेका ११ बुंदे माग अन्तरगत संघिय सरकारद्वारा ल्याइएको ढुंगा ,गिटी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारिज गरि अतिक्रमणमा परेको चुरे वन क्षेत्रको जग्गा खाली गराएर वन क्षेत्रमा फर्काउनु पर्ने,भुमी आयोग गठन गरि दलीत भुमिहीन तथा सुकुम्वासीहरुलाई भुमीको व्यवस्था गरी नेपाललाई भुमिहिन मुक्ता राष्ट्र घोषणा गनुर््पर्ने माग गरिएको छ भने प्रदेश सरकार अन्तरगतको वन प्रशासनलाई सेवा सुलभ तथा प्रभावकारी बनाउन वन प्रशासनको सुशासनका प्रत्याभुति आम नागरिकमा गराई डिभिजन वन कार्यालयहरुमा हुने गरेको अनियमीतता रोक्न दुईतीन वर्ष भन्दा बढि समय देखि कार्यरत कमचारीहरुलाई सरुवा गर्नुपर्ने माग अगाडी बढाइएको छ । त्यसैगरि चुरे क्षेत्र भित्रका नदी नालाहरुबाट अवैध निकासी हुने ढुंगा,गिटी,बालुवा र क्रसर उद्योग तत्काल वन्द गरि यस्ता कार्यहरुमा संलग्नमाथि कडा कारवाही गर्नुपर्ने तथा मधेशमा पानी रिचार्ज जोन र चुरे तथा वन क्षेत्र भएर वग्ने नदीहरुमा सम्भाव्यताको आधारमा ड्याम तथा पोखरीहरुको निमार्ण गर्नुपर्ने माग गरिएको छ । 

जारी विज्ञप्तीमा मधेशको वार र पर्सा जिल्लामा बग्ने सिरसिया नदी लगायतका नदीहरुलाई प्रदुषण र अतिक्रमण गर्ने उद्योगीहरुलाई कानुनी दायरामा ल्याई कारवाही गरि नदीलाई प्रदुषण र अतिक्रमण मुक्त बनाउनुपर्ने,ओम प्रकास भनिने दिलिप महतोलाई प्रथम पर्यावरण शहिद घोषणा र घरको सदस्यलाई जागीरको व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ । त्यस्तै डढेलो नियन्त्रण गरी खुल्ला चरिचरण बन्द गर्नुपर्ने,विभिन्न परियोजना तथा विकासको नाउमा चुरे तथा वन जंगल मास्ने कार्य बन्द गर्नुपर्ने र मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयद्धारा आर्थिक वर्ष ०७९÷०८० को विभिन्न योजनामा भएको भ्रष्टाचार र आर्थिक वर्ष ०८०÷०८१ म वन तथा वातावरण मन्त्रालयद्धारा कर्मचारी सरुवामा भएको आर्थिक चलखेललाई सत्य तथ्य छानवीन गर्नुपर्ने माग अगाडी बढाइएको छ । चुरे वन विनाशका कारण मधेश मरुभुमी भइरहेको हुँदा निजी वनको धनीहरुलाई चुरे तथा वन जंगल बचाउ कार्यक्रमहरुमा संलग्न राख्न र निजी वन धनीहरुलाई सरकारद्धारा गरिएको उपेक्षीत कार्यक्रम व्यवस्थीत गराउनुपर्ने र अभियान र प्रदेश सरकरा,संघ सरकारविच भएको सम्झौता तथा प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने लगायतको माग उठान गरिएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियान विभिन्न समयमा चुरे संरक्षण र सुकुम्वासीको मुद्दा लगायतको माग उठान गरि पटक पटक आन्दोलन गर्दै आएको छ । अभियान र सरकारविच विभिन्न चरणमा सम्झौता पनि भएको तर कार्यान्वयनमा नआएको अभियानका संयोजक सुनिल कुमार यादवको आरोप रहेको छ ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..