कृषि ज्ञान केन्द्र, धनुषा द्वारा धान दिवस तथा रोपाइ महोत्सव २०८१ मनाइयो

2 वर्ष पहिले प्रकाशित

 

           अनितेश यादव 

जनकपुर धाम,असार १५ मंगलबार 

 

आज असार १५ गते सनिवार अर्थात २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ को अवसरमा धनुषाका विभिन्न पालिकामा धुमधामका साथ रोपाई दिवस मनाएका छन ।

 

 

“जलवायु मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” मूल नारासहित कृषि ज्ञान केन्द्र धनुषाको आयोजना तथा दुधमती डीप ट्युबवेल जल प्रवन्ध समिती पकडियाको सह आयोजनमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ३ पकडीयामा आज रोपाई दिवस मनाएका छन । धान दिवसको अवसरमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राज नन्दन मण्डलले कृषि उत्पादन बढाएर आयात रोक्न कृषकलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहीत गर्ने नीति र योजना संदर्भमा प्रकाश पार्दै किसानलाई धान रोप्ने बेलासम्ममा पनि मलखाद किसानकोमा पुग्ने तालमेल नमिल्नु, कृषि मंत्रालय ,संघीय सरकार सम्बन्धित निकाय लगायतकाले तदारुकताका साथमा पहल हुनैपर्नेमा जोडदिएका थिए । 

 

 क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, सुरक्षा निकायका प्रमुखहरू, ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादव सहितका कृषि क्षेत्रका अगुवा तथा किसानहरूले करिब ३कट्ठामा धान रोपाई गरेका थिए ।धान रोपाइ कार्यक्रम पछि सम्पुर्ण सहभागीले आँप ,दही चुरा तरकारी खाएर खुशी मनाएका थिए ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

 

 

दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र, धनुषाका कृषि प्रसार विशिष्ट अधिकृत राजेन्द्र प्रसाद यादव, प्रदीप कुमार यादव बागवानी बिकास अधिकृत ,अमृत लाल कर्ण ,राम लोचन चौधरी लगायतका सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..