आज साउन महिनाकाे पहिलाे साेमबारी पूजा शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुकाे घुइँचो

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम , साउन ७ गते 

 

आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

 

आज बिहानैदेखि धनुषा जनकपुरधामकाे शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव , महाेत्तरीकाे जलेश्वरनाथ महादेव , मंगलनाथ महादेव , टुटेश्वरनाथ महादेव , बटेश्वरनाथ महादेव , काठमाडौंमा पशुपतिनाथ महादेव , धनुषाको जनकनन्दनीमा भगवान शिवको मन्दिर लगायत देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुकाे घुइँचो विहाने देखि लागेकाे छ ।

 

 साउन महिनाकाे साेमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानकाे पूजा गर्नाले मनाेकामना पूरा हुने दीर्घायु , सुख , शान्ति , एश्वर्य , धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयाेग्य वरकाे कामना गरी ब्रत बस्ने गर्दछन् । साउन भगवान् शिवकाे महिना हाे । अनि साेमवार उहाँकाे प्रिय दिन हाे । शिवपुराणमा वर्णन गरिए अनुसार , शिव परमब्रह्रा हुनुहुन्छ । हिन्दु धर्मावलम्बीहरुले भगवान शिवकाे शक्तिलाई विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष साउनकाे साेमबार ब्रत बसेर शिवकाे पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरुका लागि ठुलाे महत्व बाेकेकाे छ । साउन महिनालाई भगवान शिवकाे प्रिय महिनाकाे रुपमा चिनिन्छ । 

 

के छ महत्त्व ? 

 

धर्म ग्रन्थहरुमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाकाे रुपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने साउन महिनामा शिव भगवानकाे पुजा अाराधना गरिन्छ । साउन महिनाकाे साेमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानकाे पुजा गर्नाले मनाेकामना पूरा हुने , दीर्घायु , सुख , शान्ति , एश्वर्य , धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयाेग्य वरकाे कामना गरी ब्रत बस्ने गर्दछन् । 

 

कहिलेदेखि सुरु भयाे ब्रत बस्ने चलन ? 

 

साउन महिनामा सेामबारकाे दिन ब्रत बस्ने चलन शिव र पार्वतीकाे सम्बन्ध रहेसँगै सुरु भएको ग्रन्थहरुमा उल्लेख गरिएकाे छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ । 

 

किन लगाइन्छ राताे , हरियाे र पहेँलो ? 

 

भगवान शिवलाई हरियाे , राताे र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाकाे सुरुवात भएसँगै महिलाहरुले हरियाे रङ्गका वस्त्र र चुरा पाेतेहरु लगाउने गर्दछन । हरियाे रङ्गलाई साैभाग्यकाे रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीकाे महिना र प्रकृतिसँग आफूलाई जाेड्ने महिना रहेकाले हरियाे रङ्गका कपडाहरु लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साग रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..