आज साउन महिनाकाे पहिलाे साेमबारी पूजा शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुकाे घुइँचो

1 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम , साउन ७ गते 

 

आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

 

आज बिहानैदेखि धनुषा जनकपुरधामकाे शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव , महाेत्तरीकाे जलेश्वरनाथ महादेव , मंगलनाथ महादेव , टुटेश्वरनाथ महादेव , बटेश्वरनाथ महादेव , काठमाडौंमा पशुपतिनाथ महादेव , धनुषाको जनकनन्दनीमा भगवान शिवको मन्दिर लगायत देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुकाे घुइँचो विहाने देखि लागेकाे छ ।

 

 साउन महिनाकाे साेमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानकाे पूजा गर्नाले मनाेकामना पूरा हुने दीर्घायु , सुख , शान्ति , एश्वर्य , धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयाेग्य वरकाे कामना गरी ब्रत बस्ने गर्दछन् । साउन भगवान् शिवकाे महिना हाे । अनि साेमवार उहाँकाे प्रिय दिन हाे । शिवपुराणमा वर्णन गरिए अनुसार , शिव परमब्रह्रा हुनुहुन्छ । हिन्दु धर्मावलम्बीहरुले भगवान शिवकाे शक्तिलाई विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष साउनकाे साेमबार ब्रत बसेर शिवकाे पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरुका लागि ठुलाे महत्व बाेकेकाे छ । साउन महिनालाई भगवान शिवकाे प्रिय महिनाकाे रुपमा चिनिन्छ । 

 

के छ महत्त्व ? 

 

धर्म ग्रन्थहरुमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाकाे रुपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने साउन महिनामा शिव भगवानकाे पुजा अाराधना गरिन्छ । साउन महिनाकाे साेमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानकाे पुजा गर्नाले मनाेकामना पूरा हुने , दीर्घायु , सुख , शान्ति , एश्वर्य , धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयाेग्य वरकाे कामना गरी ब्रत बस्ने गर्दछन् । 

 

कहिलेदेखि सुरु भयाे ब्रत बस्ने चलन ? 

 

साउन महिनामा सेामबारकाे दिन ब्रत बस्ने चलन शिव र पार्वतीकाे सम्बन्ध रहेसँगै सुरु भएको ग्रन्थहरुमा उल्लेख गरिएकाे छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ । 

 

किन लगाइन्छ राताे , हरियाे र पहेँलो ? 

 

भगवान शिवलाई हरियाे , राताे र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाकाे सुरुवात भएसँगै महिलाहरुले हरियाे रङ्गका वस्त्र र चुरा पाेतेहरु लगाउने गर्दछन । हरियाे रङ्गलाई साैभाग्यकाे रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीकाे महिना र प्रकृतिसँग आफूलाई जाेड्ने महिना रहेकाले हरियाे रङ्गका कपडाहरु लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साग रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..