मुख्यमन्त्री सिँहले गरे टुटेश्वरनाथ महादेवको दर्शन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम , साउन ७ गते 

 

 

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् ।

 

सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे ।

 

उनले पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदै त्यस शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

उनले भारतको वैद्यनाथधाममा महिनाभरि आउने पर्यटकले त्यसक्षेत्रका जनताको वर्षभरि आर्थिक भार धानिने उदाहरण दिँदै प्रदेशका धार्मिक महत्वका पर्यटकस्थलको प्रचारप्रसार गर्न सकिए त्यस किसिमको परिणाम प्राप्त गर्न सकिनेमा जोड दिए ।

 

त्यस अवसरमा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मुख्यमन्त्री सिँहलाई टुटेश्वरनाथ महादेव मन्दिरको विकास तथा विस्तारका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..