मुख्यमन्त्री सिँहले गरे टुटेश्वरनाथ महादेवको दर्शन

1 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम , साउन ७ गते 

 

 

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् ।

 

सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे ।

 

उनले पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदै त्यस शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

उनले भारतको वैद्यनाथधाममा महिनाभरि आउने पर्यटकले त्यसक्षेत्रका जनताको वर्षभरि आर्थिक भार धानिने उदाहरण दिँदै प्रदेशका धार्मिक महत्वका पर्यटकस्थलको प्रचारप्रसार गर्न सकिए त्यस किसिमको परिणाम प्राप्त गर्न सकिनेमा जोड दिए ।

 

त्यस अवसरमा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मुख्यमन्त्री सिँहलाई टुटेश्वरनाथ महादेव मन्दिरको विकास तथा विस्तारका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..