महान योद्धाहरुलाई चिरकाल सम्म स्मरण गर्नु पर्छ–मुख्यमन्त्री सिंह

1 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम/मिश्री लाल मधुकर 

जनकपुरधाम, भाद्र ११ गते । मधेश प्रदेशका मुख्यमंत्री सतीशकुमार सिंहले मुलुकमा प्रजातन्त्र ,लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जहानियाँ राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा जीवनपर्यन्त अहोरात्र लडे भिडेका प्रेस स्वतन्त्रता सेनानी, प्रजातन्त्रका अथक योद्धा क्रान्तिवीर, बहुमुखी प्रतिभाका धनी, साहित्य स्रष्टा महामना राजेश्वर नेपालीलाई आजको युगमापनि बेवास्ता गर्नु लाजमर्दो कुरा रहेको चिन्ता व्यक्त गर्नु भएकोछ ।

जय गोविन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा जनकपुरधाम वडा नं २३ बेला पुल अवस्थित गोविन्द मन्दिर परिसरमा आयोजित महामना राजेश्वर नेपालीको प्रथम पुण्य स्मृति दिवस र वृक्षा रोपण दिवस समारोहमा मुख्यमंत्री सिंहले स्व .राजेश्वर नेपाली राष्ट्रिय धरोहर व्यक्तित्व र अमूल्य निधि रहेकाले उहाँको नाममा राष्ट्रिय राजमार्ग, विश्वविद्यालय वा राष्ट्रिय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गरी भावि सन्ततिका लागि प्रेरणाको श्रोत वनाउन अपरिहार्य रहेको बताउनु भएकोछ ।

उहाँले यस्ता महान योद्धाहरुको बेवास्ताको कारण आज संघीयता माथि प्रश्न चिन्ह खडा भएको चिन्ता व्यक्त गर्नु भएकोछ।

जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का अध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा वक्ताहरुले स्व राजेश्वर नेपालीको व्यक्तित्व र कृतित्वको बारेमा बृहत् रुपमा प्रकाश पार्नु भएका थिए। सो अवसरमा बेला पुलदेखि महोत्तरीको सीमा बनौली मोडसम्म ४५० वटा आँप र चम्पा बिरुवा रोपिएको छ। उक्त क्षेत्रलाई राजेश्वर नेपाली हरित वाटिका नामाकरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..