महान योद्धाहरुलाई चिरकाल सम्म स्मरण गर्नु पर्छ–मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम/मिश्री लाल मधुकर 

जनकपुरधाम, भाद्र ११ गते । मधेश प्रदेशका मुख्यमंत्री सतीशकुमार सिंहले मुलुकमा प्रजातन्त्र ,लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जहानियाँ राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा जीवनपर्यन्त अहोरात्र लडे भिडेका प्रेस स्वतन्त्रता सेनानी, प्रजातन्त्रका अथक योद्धा क्रान्तिवीर, बहुमुखी प्रतिभाका धनी, साहित्य स्रष्टा महामना राजेश्वर नेपालीलाई आजको युगमापनि बेवास्ता गर्नु लाजमर्दो कुरा रहेको चिन्ता व्यक्त गर्नु भएकोछ ।

जय गोविन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा जनकपुरधाम वडा नं २३ बेला पुल अवस्थित गोविन्द मन्दिर परिसरमा आयोजित महामना राजेश्वर नेपालीको प्रथम पुण्य स्मृति दिवस र वृक्षा रोपण दिवस समारोहमा मुख्यमंत्री सिंहले स्व .राजेश्वर नेपाली राष्ट्रिय धरोहर व्यक्तित्व र अमूल्य निधि रहेकाले उहाँको नाममा राष्ट्रिय राजमार्ग, विश्वविद्यालय वा राष्ट्रिय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गरी भावि सन्ततिका लागि प्रेरणाको श्रोत वनाउन अपरिहार्य रहेको बताउनु भएकोछ ।

उहाँले यस्ता महान योद्धाहरुको बेवास्ताको कारण आज संघीयता माथि प्रश्न चिन्ह खडा भएको चिन्ता व्यक्त गर्नु भएकोछ।

जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का अध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा वक्ताहरुले स्व राजेश्वर नेपालीको व्यक्तित्व र कृतित्वको बारेमा बृहत् रुपमा प्रकाश पार्नु भएका थिए। सो अवसरमा बेला पुलदेखि महोत्तरीको सीमा बनौली मोडसम्म ४५० वटा आँप र चम्पा बिरुवा रोपिएको छ। उक्त क्षेत्रलाई राजेश्वर नेपाली हरित वाटिका नामाकरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..