आज मिथिलाञ्चलमा चाैरचन पर्व धुमधमकासाथ मनाइँदै इन्द्र

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , भदौ २१ गते 

 

आस्था एवं निष्ठापूर्वक मनाईने चाैठचन्द्र ( चाैरचन ) पर्व आज मिथिलाञ्चलमा धुमधामकासाथ मनाइँदै छ । जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा मनाइँने महत्त्वपूर्ण पर्वमध्ये एकहाे चाैरचन पर्व । भदौ शुक्ल चतुर्थीकाे दिन फलफूल लिएर चन्द्रमाकाे पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ । 

 

चाैठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझकाे समयमा भगवान गणेश र चन्द्रमालाई खीर , पुरी , फलफूल प्रसादकाे रुपमा अर्पण गरिन्छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घर- घरमा महिलाहरु प्रसाद तयार बनाउन व्यस्त छन् । आजकाे दिन लाेकपर्व चाैठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाकाे कथा सुन्ने समेत परम्परा रही आएकाे छ । 

 

यस पर्वकाे प्रारम्भ तत्कालीन नरेश हेमांगद ठाकुरले गरेका थिए । उनी नरेशका अतिरिक्त प्रख्यात ज्याेतिष समेत थिए । चाैठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले मिथिलाञ्चलसहित मधेशमा घर - घरमा याे वर्व मनाउने थालियो । चाैठचन्द्र पर्व जनकपुरधाम सहित धनुषा , महाेत्तरी ,सिरहा सर्लाही , सप्तरी , बारा, पर्सा लगायत भारतकाे केही राज्यहरुमा समेत मनाईन्छ ।

 

 हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वकाे साथ मनाउने गर्दछन् । भदौ शुक्ल चाैथीका दिन मनाइँने चाैठचन्द्र पर्वमा सूर्यास्तपछि गाईकाे गाेबरले लिपेर बनाइएको आँगन माँझकाे चतुष्काेण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर चाैरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ । पर्व समापनपछि चढाइएकाे प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..