पशु अधिकारकर्मी तथा शाकाहारी अभियन्ताले युनिक तरिकाले मनाए जन्म दिन

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुर धाम, मंसिर ४ मंगल बार 

 

भारत गुजरातका एक व्यपारिक घरानाले जनकपुर धामको प्रशिद्ध धार्मीक स्थल जानकी मन्दिरको प्राङ्गणमा आज मंगल बार नयाँ अन्दाजमा जन्म दिन मनाएका छन।

गुजरात,अहमदावाद बाट आउनु भएका पशु अधिकारकर्मी तथा शाकाहारी अभियन्ता कपिल ठक्करले करिब तीन सय केजीको फलफूल, तरकारी लगायतका सामाग्री बाट कलात्मक तरिकाले शाकाहारी केकमा प्रणाम जय सीताराम लेखेका थिए।

शाकाहारी अभियन्ता कपिल ठक्करले मेरो आस्थाका केंद्र बिंदुमा मनाउन पाउँदा खुसी व्यक्त गर्दै भगवान प्राकृतिकले हाम्रो मानव लागि सैकडौ किसिमको फलफूल खानेकुरा बनाएका छन् तर हामी निरिह पशुलाई हत्या गरी खाइरहेको प्रती दुःखेसो व्यक्त गरेका थिए। उनले हाम्रो पुरै परिवार दसौं पिँढी देखि पूर्ण शाकाहार छौं र स्वास्थ्य जीवनका लागि शाकाहारको विकल्प न भएको बताएका थिए। कपिलले आफनो कारोबारको केही अंश सामाजिक क्षेत्रमा लगाउनु हुन्छन। उनले जानकी मन्दिरका सम्पूर्ण साधु सन्त लाई भण्डारा भोजन समेत गराएका थिए। जानकी मन्दिरमा पूजापाठ पछि शाकाहारी केकका सामग्रीहरू केला, सेउ लगायतका फलफूल जानकी मन्दिरका पछाडि विवाह मण्डपमा रहेका गौशालामा गाय लाई खुवाएका थिए।आम जनताहरू , आमन्त्रित सदस्यहरू साकाहारी केकको साथमा सेल्फी फोटो लिनेहरुको भीड नै लागेका थिए।

 

आज भएको कार्यक्रममा विशेष उपस्थिति 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषाका प्रवक्ता राम गोविन्द यादव, काठमाडौंका नागरिक समाज साकाहारी अभियानी दिलीप गुरुङ ,अर्थ_क्लिन_ग्रीन_फाउडेशनका अध्यक्ष दिपु ठाकुर, नेपाल राष्टिय बैंकका गोबिन्द न्यौपाने,जनकपुरधाम टुर गाइड एसोसिएसन मधेस प्रदेशका अध्यक्ष बिक्रम साह, पत्रकार मुकेश ठाकुर, बजरंग यादब,नागरिक समाज, साधु सन्त, काठमाडौंका अभियानीहरु लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..