विवाह पञ्चमी लाई मध्ये नजर गर्दै जनकपुरधामका सुरक्षा निकाय हाई अलर्टमा

9 महीना पहिले प्रकाशित

 

 इन्द्र भुषण यादव 

जनकपुरधाम, मंसिर १८ मंगल बार 

 

विवाहपञ्चमी अन्तर्गत सीतारामको वैवाहिक कार्यक्रमलाई दृष्टिगत गर्दै जनकपुरधामका सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । 

श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको

 साताव्यापी देखि नै विवाहको विभिन्न विधि भएसँगै भारत तथा नेपालका दुरदराज बाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी छ । जनकपुरधाममा आउने श्रद्धालुको भीड नियन्त्रण एवम सुरक्षालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा गरिएको छ ।

 

विवाहपञ्चमीका अवसरमा हुने समारोहमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि सिसिटिभी र ड्रोन क्यामेराद्वारा जनकपुरधाम नगरका विभिन्न क्षेत्रमा निगरानी बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख ( एसपी ) भुवनेश्वर तिवारी यस वर्ष घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको जानकारी दिए ।

 

विवाहपञ्चमीमा अत्यधिक संख्यामा भक्तजनको भीड हुने गरेकाले चोरी र पाकेटमारीका घटनामा वृद्धि हुने सम्भावना रहेकाले जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म सिसिटिभी क्यामेरा, रंगभूमि मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्राङ्गणमा पनि सिसीटिभि क्यामरा र ड्रोनले निगरानी गरिरहेको उनले बताए । उनले चोरी, पाकेटमारी, महिलासँग हुने दुव्र्यवहारलगायतका घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको बताए । उनले सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक संख्यामा परिचालन गरिएको बताए ।

 

त्यस्तै राम मन्दिर, जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्मका क्षेत्रलाई विशेष ध्यानमा राख्दै शिवचोक, गंगासागर, जनक चोक, कदम चाेक, भानु चाेक, जानकी चोक, राम चोक, सोनारपट्टी, महावीर चोक, रामानन्द चोक, अस्पताल रोड, पेठिया बजार क्षेत्र, संकटमोचन मन्दिरलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ भने प्रहरीद्वारा विभिन्न स्थानमा हेल्प डेस्ककोसमेत स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..