अन्तर प्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजन

1 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुर धाम, मंसिर २७ गते बिहीबार 

 

नाट्टा गण्डकी प्रदेशको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा गण्डकी प्रदेशको गन्तव्य प्रवर्द्धन एवं बजारीकरण गर्ने उद्देश्यले मधेश प्रदेशमा अन्तर प्रदेश पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथमा आज जनकपुर धाममा अन्तर प्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन। 

 

अध्यक्ष नाट्टा गण्डकी प्रदेशका किशोर दाहालको अध्यक्षता तथा अन्तर प्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले नेपाल लाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धन तथा आधुनीक प्रविधि युक्त कृषिमा अपार सम्भावन रहेको बताएका छन। अपार सम्भावन रहेका पर्यटकिय स्थल लाई प्रचार प्रसार गर्नुपर्ने पर्यटन मन्त्री अलि मियाँले बताएका छन। त्यस्तै होटल व्यवसायी विजय झुनझुन वालाले कार्यक्रममा सम्बोधन गर्दै पर्यटक सँग हाँसेर अतिथि देव भवको भावमा मात्रा कुरा गर्ने हो भने पर्यटन प्रवर्द्धन राम्रो हुने बताएका छन।

त्यस्तै संगिता पाैडेल प्रथम उपाध्यक्ष नाटा गण्डकी प्रदेश तथा कार्यक्रम संयाेजकले हाम्रो अपार सम्भावना प्राकृतिक सुन्दरता प्रचुरता लाई प्रचार प्रसार गर्नुपर्ने कुरामा जोड दिएकी थिइन्।

 

पर्यटन प्रवर्द्धनमा योगदान दिने व्यवसायीहरुलाई कार्यक्रमा सम्मान गरेका थिए।कार्यक्रममा पर्यटन व्यवसायी, ट्राभल एण्ड टुर व्यवसायी, प्रहरी, होटल व्यवसायी लगायतका उलेख्य सहभागिता रहेका थि

ए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..