समयमै लिलामी प्रक्रिया नहुदा लाख मूल्य बराबरको सालका काठ सड्दै

1 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस ३ गते 

 

धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने थालेका छन् । त्यस्तै चोरी कटान भएर नियन्त्रणमा लिइएका काठ न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा सड्ने र धोद्रिने क्रम बढेको हो। 

 

समयमै लिलामी प्रक्रिया नहुदा लाख मूल्य बराबरको सालको काठ सड्न थालिएका छन् । 

 

डिभिजन वन कार्यालय धनुषामा रहेका काठलाई हामीले छिटै लिलामी प्रक्रियामा लैजाने बताए डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले राष्टिय आवाज सँग कुरा गर्दै जानकारी गराएका छन् । 

 

काठको लिलामी प्रक्रियाको लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको र केही समयमा नै लिलाम बिक्री हुने डिभिजन वन कार्यालयले जनाएको छ ।लिलामी प्रक्रियामा ढीलाई भएकोले काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । नयाँ प्रक्रियाले डिभिजनल वन कार्यालयले काठ बिक्री गर्ने तयारी गरिरहेको बताए । 

 

चोरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ। नियन्त्रणमा लिइएका दुई लाख बिगो भित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास र त्यसभन्दा माथिको जिल्ला अदालतमा हुने कानुनी व्यवस्था छ। यी मुद्दा किनारामा ढिलाइ हुँदा लाखौं मूल्य बराबरको काठ सड्न थालिएका छन् । 

 

नियन्त्रणमा लिइ कारबाहीका क्रममा रहेका काठ डिभिजन वन कार्यालय धनुषामा थनकाएका छन् । 

मुद्दा किनारा नलागी यी काठ बिक्री लिलाम गर्न नपाइने व्यवस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..