सीता बिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिँह

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, ७ पुस ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रम लाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताए । 

भारतको उत्तरप्रदेश सरकार अन्तर्गत पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सहआयोजनामा जनकपुरधाममा भइरहेको दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । 

मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीतको चर्चाबिना पुरा नहुने भन्दै उनले सीतारामसँग जोडिएका ठाउँको विकास तथा प्रवद्र्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताए । 

मुख्यमन्त्री सिँहले त्रेतायुग बाट सुरुवात भएको सम्बन्धलाई अहिले निरन्तरता मात्र दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालुभक्तजन हरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत तथा भारतीय राज्य उत्तरप्रदेश सरकारसँग आग्रह गरे । सीताको दर्शन बिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा डिजिटल जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुनेमा जोड दिए ।  

उनले भने, ‘सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डप लगायतका ठाउँबारे जानकारी संग्रहित श्रव्यदृश्य र लेख्य सामग्री डिजिटल पोर्टल मार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।’

उनले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्यदृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताए ।

उनले जननकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्ने गरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताए । 

उनले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्कलेभ महत्त्वपूर्ण भएको औँल्याउँदै ती कुरालाई लिपिबद्ध गर्दै ठाउँठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पारे ।

प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको बताउँदै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताइन् । 

उनले जानकी भूमिमा महिला हिँसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गरिन् । 

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामार्चा(रामायण चर्चा) गरेका थिए ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..