नयाँ वर्ष मनाउन जनकपुरधाममा भारतीय पर्यटकको घुइँचो
3 दिन पहिले प्रकाशित
इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज
जनकपुरधाम, पुस १७ गते
आज फस्ट जनवरी अर्थात नयाँ वर्षले जनकपुरधाममा भरिभराउ, बढे भारतीय पर्यटक
नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्ड लगायत राज्यबाट हजारौँको संख्यामा पर्यटक जनकपुरधाम आई पुगेका छन।
अंग्रजी नयाँ वर्षको उपलक्ष्यमा मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटक भरिएका हुन्।
आज बुधबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर , राजदेवी मन्दिर , शिव मन्दिर , कृष्ण मन्दिर लगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भिड लागेको छ। भारतीय गाडीको चाप बढेको छ। महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटक अत्याधिक रुपमा जनकपुर आएका छन्।
अहिले बिहार राज्यको मात्रै नभइ अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरूको भिड देखिएको छ।
जनकपुरधाम काे कुनै स्थानमा अप्रिय घटना हुन नदिन चाेक चाेकमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन्।
नयाँ वर्षको अवसरमा भने बिहार सहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन्। अहिले जनकपुरको होटलहरू पर्यटकले भरिभराउ भएको छ।
अहिले भारतीय गाडिको चापसमेत अत्याधिक बढेको छ। बढी भीडभाड हुने जानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुमारीले नौं लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ।
सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ। सिताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्याधिक रुपमा आउने गरेका छन्। तर नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायी समेत राम्रै चलेको छ ।