धनुषामा मनाए "मधेश प्रदेश"नामाकरण दिवस

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, माघ ३ गते

 समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा र समाजवादी युवा संघ धनुषाले जनकपुरधामको जनक चौकमा प्रदेशको नाम 'मधेश प्रदेश' नामाकरण दिवस मनाएका छन्।माघ ३ गते प्रदेश २ बाट मधेश प्रदेश नामाकरण भएको थियो।

 

जसपा, नेपाल का केन्द्रीय सदस्य समाजवादी नेता प्रदेश सांसद राम अशिष यादव, केन्द्रीय सदस्य लालकिसोर साह, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव, प्रदेश सदस्य रामो महरा, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष रामशंकर पासमान, लगायत नेताहरुको सहभागितामा उक्त दिवस मनाइएको हो।

 

कार्यक्रममा युवा र विद्यार्थीहरुले मधेश प्रदेशको नाम 'मधेश प्रदेश 'राख्नुको महत्व र यसको इतिहासबारे प्रकाश पार्दै मधेशी सहिदको बलिदानी, त्याग तपस्या, समर्पण बाट मधेश प्रदेश नामाकरण कायम गर्न सकेको भन्दै सहिदको बलिदानी लाई सम्मान गर्नुपर्ने वक्ताहरुले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..