फाइनल खेलमा कपिलेश्वर क्रिकेट टिम ७ विकेटले विजयी

2 वर्ष पहिले प्रकाशित

श्रीनारायण साह 

जनकपुरधाम, माघ १९ गते

शहीद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा जनकपुरधामको कपिलेश्वर खेल मैदानमा आयोजित दश दिवसीय शहीद सत्यनारायण मेमोरियल कप अन्तर्गत आज धनुषाको कपिलेश्वर क्रिकेट टिम र कप्टौल क्रिकेट टिमबीच भएको फाइनल खेलमा कपिलेश्वर क्रिकेट टिम ७ विकेटले विजयी भएकोछ।

कपिलेश्वर टिमको उत्कृष्ट खेल प्रदर्शनले कपिलेश्वर क्रिकेट टिमले ७ विकेटले विजय हासिल गरेकोछ । 

कपिलेश्वर क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । 

 कप्टौल क्रिकेट टिमले दिएको १ सय ८४ रनको लक्ष्यलाई कपिलेश्वर क्रिकेट टिमले २० ओभरको प्रतियोगितामा १४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल बनाएर जीत हासिल गरेको छ । 

सो प्रतियोगितामा कपिलेश्वर क्रिकेट टिमका अनिकेत यादव ३७ बलमा अभिजित ६९ रन जोडेर फाइनल खेलको म्यान अफ दी म्याच घोषित भएको छ।

सो प्रतियोगितामा वेस्ट बलर कप्तौल टिमका विनय यादव घोषित भएको छ।

धनुषाका १६ वटा क्रिकेट टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल चरणमा विजेता कपिलेश्वर क्रिकेट टिमलाई ३१ हजार रुपैयाँ नगद र कप तथा उप विजेता कप्टौल क्रिकेट टिमलाई २१ हजार रुपैयाँ नगद र कप जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रदान गरेकाछन् । 

सो अवसरमा जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोजकुमार साहले कपिलेश्वर खेलकूद मैदान सहित अन्य खेल मैदानको स्तरबृद्धि र खेलकुदको निरन्तरता दिने गृह कार्यमा जुटेको उल्लेख गर्नु भएकोछ।

सो प्रतियोगिताको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम अन्तरगत वडाध्यक्ष रामचन्द्र पाजियार, वरिष्ठ पत्रकार श्रीनारायण साह, जसापाका युवा नेता अम्बु प्रसाद साह लगायतका वक्ताहरुले खेल, खेलाडी, खेल मैदान बारेमा आ आफ्नो अभिव्यक्ति दिएका थिए।

कपिलेश्वर खेल मैदान धनुषाको लोकप्रिय खेल मैदान रहेको र यस खेल मैदानमा निरन्तर कुनै न कुनै खेल भइरहेकै हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..