ढिकी–ओखलमा धान कुटने प्रचलन हराउँदै

11 महीना पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, माघ २० गते 

 

आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै धनुषाका ग्रामीण भेग सहित विभिन्न जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये ।

 

हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नै समेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन घट्दै गएको हाे । महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । 

 

ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने देखिएकाे छन् । “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे । ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । 

 

चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने , “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

 

ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको थियो । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको थियो । 

 

ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”,। नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ ।”

 

गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि 

 

आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिकतत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ । परम्परागत रूपमा चलन आउने गरेका प्रविधिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको स्थानीय जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..