सरकारको निर्देशन अवज्ञा गर्ने एक अस्पताल सञ्चालक पक्राउ

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, १ फागुन । 

जनकपुरधाममा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित निजी अस्पताल बन्द गराउन मधेश प्रदेश सरकार थप कठोर बनिरहेको छ । प्रदेृशका मुख्यमन्त्री सतिशकुमार सिँह, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले बिहीबार जनकपुरधामका थप केही अस्पतालको अनुगमनको क्रममा मोडर्न अस्पतालका सञ्चालक रामभरोस महतो पक्राउ परेका हुन् । 

केही दिनअघिमात्र मुख्यमन्त्री सिँहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताललाई बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य वैध अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले अस्पतालमा ताल्चा लगाई सेवा बन्द गरेका थिए भने केही अस्पतालले सरकारको निर्देशन अटेर गरी पूर्ववत् सेवा सञ्चालन गरिरहेका छन् । सरकारी निर्देशन अटेर गर्ने एकजना अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । 

निश्चित मापदण्ड पुरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति संघ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । 

प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पतालालाई बन्द गराई एक लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ ।   

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराई सञ्चालनमा रहेका बहुसँख्यक अस्पतालसँग अस्पताल सेवा सञ्चालन स्वीकृति छैन । स्वीकृतिप्राप्त केही अस्पतालले नवीकरण गराएका छैनन् । भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधिउपकरण लगायतमा कमसल ती अस्पतालमा उपचार गराउँदा सेवाको गुणस्तर कायम नभई बिरामीको ज्यान तथा स्वास्थ्य नै जोखिममा पर्नेगरेको छ । 

जनकपुरधाममा अवैध तवरमा सञ्चालित अस्पताल सञ्चालकहरूले सरकारको अनुगमनविरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एसोसिएसन गठन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..