धनुषामा मोटर साइकल चाेरी हुँदा पनि प्रशासन मूकदर्शक

10 महीना पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम ,फागुन ४ गते 

 

धनुषामा मोटरसाइकल चोरी घटना वृद्धि हुँदा पनि प्रशासन मूकदर्शक बनेका छन् । केही समय एता धनुषाकाे विभिन्न स्थानहरुबाट माेटरसाईकल चाेरी घटनामा वृद्धि आएका छन् । दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ। कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन्। 

 

यस्तो ब्यस्त स्थान र सिसी क्यामेरा जडान भएको ठाउँमा यति चाँडो चोरी हुँदा अचम्म लागेको स्थानीयहरुको भनाई छ । धनुषामा चोरको बिगबिगी बढीरहेको समयमा यसरी दिउँसै राति जुनसुकै बेला चोरी गर्ने चाेरहरुलाई प्रहरीले अहिलेसम्म केही गर्ने नसक्दा झन चाेरहरुकाे मनोबल बढ्दै गएको स्थानीय बताउँछन् ।

 

सूचना सङ्कलन र निगरानी गरी धनुषा तथा आसपासको इलाकाबाट चाेरी भएको मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जनाए ।

 

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाउनु पर्ने अनि मात्र चाेरी घटना नियन्त्रण हुन सक्ने स्थानीयहरुकाे भनाइ रहेकाे हाे ।  

 

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताए । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले हराएको माेटरसाईकल काे खाेजिकार्यका लागि आफ्नो सम्पूर्ण युनिटहरुलाई र आफ्नो एरियाका सिमा क्षेत्रमा तिव्र रुपमा खाेजिकार्य गर्ने र चेकजाँच गर्ने समेत निर्देशन दिई सकेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..