धनुषामा मोटर साइकल चाेरी हुँदा पनि प्रशासन मूकदर्शक

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम ,फागुन ४ गते 

 

धनुषामा मोटरसाइकल चोरी घटना वृद्धि हुँदा पनि प्रशासन मूकदर्शक बनेका छन् । केही समय एता धनुषाकाे विभिन्न स्थानहरुबाट माेटरसाईकल चाेरी घटनामा वृद्धि आएका छन् । दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ। कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन्। 

 

यस्तो ब्यस्त स्थान र सिसी क्यामेरा जडान भएको ठाउँमा यति चाँडो चोरी हुँदा अचम्म लागेको स्थानीयहरुको भनाई छ । धनुषामा चोरको बिगबिगी बढीरहेको समयमा यसरी दिउँसै राति जुनसुकै बेला चोरी गर्ने चाेरहरुलाई प्रहरीले अहिलेसम्म केही गर्ने नसक्दा झन चाेरहरुकाे मनोबल बढ्दै गएको स्थानीय बताउँछन् ।

 

सूचना सङ्कलन र निगरानी गरी धनुषा तथा आसपासको इलाकाबाट चाेरी भएको मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जनाए ।

 

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाउनु पर्ने अनि मात्र चाेरी घटना नियन्त्रण हुन सक्ने स्थानीयहरुकाे भनाइ रहेकाे हाे ।  

 

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताए । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले हराएको माेटरसाईकल काे खाेजिकार्यका लागि आफ्नो सम्पूर्ण युनिटहरुलाई र आफ्नो एरियाका सिमा क्षेत्रमा तिव्र रुपमा खाेजिकार्य गर्ने र चेकजाँच गर्ने समेत निर्देशन दिई सकेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..