रङ्गभूमी मैदानमा यामाहा मेगा एक्सचेन्ज अफर सुरु

2 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता 

फागुन ४ आईतवार 

जनकपुरधामको रङ्गभुमी मैदानमा यामाहाको मेगा एक्सचेन्ज अफर आज आइतबार बाट ६ दिन अर्थात शुक्रबार सम्म सञ्चालन हुने आयोजकले जनाएका छन।

 

 मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मेगा एक्सचेन्ज अफरको उद्घाटन गर्दै उनले आफूले २०५५ सालमा यामाहाको वाइबीएक्स मोटरसाइकल खरीद गरेको स्मरण गर्दै यामाहा कम्पनीको मोटरसाइकलको सबैभन्दा बढी टिकाउ , विश्वस्त र भरपर्दौ हुने बताए । साथै उनले हाल यामाहाले सुरु गरेको मेगा एक्चेन्जका अफरहरु अति आकर्षक रहेको र यसको लाभ लिन उनले आग्रह गरे ।आज आइतबार बाट सुरु भएको एक्चेन्ज अफर उदघाटन सत्रमा पहिलो ग्राहकले यमहाको स्कुटी किनकि लाई मन्त्रीले चाभि हस्तान्तरण गरेका थिए।

 

आज आइतबार बाट सुरु भएको एक्चेन्ज अफर ९ गत्ते शुक्रबार सम्म चल्ने जनाइएको छ । यामाहा मेगा एक्सचेन्जमा पुरानो बाइक वा स्कुटरमा १०,००० रुपैयाँको अतिरिक्त मूल्याङ्कन पाउनुका साथै नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको नगद छुटको व्यवस्था रहेको छ । साथै हेलमेट, लेगगार्ड, फुटम्याट, बाइक कभर र ब्याग लगायतका एसेसेरिजहरु फ्रिमा दिइने यामाहा कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..